Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जा भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु , ६ जना घाईते

स्याङ्जा भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु , ६ जना घाईते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २, २०७८ बुधवार • ११:५४:३१ बजे
  • 2.1K
    SHARES
  • स्याङ्जा भीरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु , ६ जना घाईते

    स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिकामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका ३ , ३६ वर्षीय गणेश जंग अधिकारी रहेको प्रहरीले बताएको छ ।

    images

    भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप छाङ्छाङ्दीमा आज बिहान दुर्घटना हुँदा ७ जना घाईते भएका थिए । घाईतमध्ये एक जनाको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

    घाईतेलाई कालिका सामुदायिक अस्पताल हेलुमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology