लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मिदिम खोलामा आएको बाढीबाट प्रभावित ९ जनाको उद्धार गरिएको छ। मिदिम खोलामा मंगलबारदेखि पानीको बहाब बढेको नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिएका छन्।
खोलाको पारी फसेकाहरुलाई प्रहरी र स्क्याभेटरको सहायताले उद्धार गरिएको उनले जानकारी दिए। नगरपालिकाले उद्धार गरिएका व्यक्तिहरुलाई खाद्यान्न किन्न केही रकम समेत उपलब्ध गराएको छ।