Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर बगायो,३० घर जोखिममा

बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर बगायो,३० घर जोखिममा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २, २०७८ बुधवार • १४:२४:५७ बजे
  • 1.6K
    SHARES
  • बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर बगायो,३० घर जोखिममा

    लमजुङ । भीषण बर्षाका कारण आएको बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर बगाएको छ । सोमबार साँझदेखि निरन्तर परेको बर्षाका कारण दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८ हिलेबजारका १५ घर बाढीले बगाएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार मंगलबार विहानबाट पसेको बाढीले पक्की घर र जस्ताले बनाइएका घर गरी १५ घर बाढीले बगाएको हो । दोर्दीखोला बढेर आएको बाढीले हिलेबजारका ३० घर जोखिममा परेको बताउनुभएको छ । घर बगाएका स्थानीय र घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको छ। प्रहरीका अनुसार दोर्दी गाउँपालिका ६ किर्तिपुरका कृष्ण घलेको कुखुराको खोरसमेत बाढीले बगाएको छ । बोइलर र लेयर्स गरी करिव पाँच सय कुखुरासहित खोर बगाएको हो।

    यसै गरी हिलेबजारका एक सय बढी घर छन् । अधिकांश घर जोखिममा परेको छ । बाढीले अन्य ठाउँमा पनि क्षति पु-याएको छ । ग्रामीण सडकहरु क्षतिविक्षत भएको छ । बेंसीशहर–चामे सडक अन्तर्गतको बेंसीशहर नगरपालिका ६ खरखरे भिर, मस्र्याङदी गाउँपालिकाको च्याम्चेलगायतको क्षेत्रमा पहिरो गएर सडक अवरुद्ध भएको छ । अन्य ग्रामीण सडक पनि अवरुद्ध छ । मस्र्याङदी गाउँपालिका ४ जगतमा रहेको बंगुर फार्म बगाएको छ । मस्र्याङदी गाउँपालिकाको भुलुभलेमा रहेको सव डिभिजन वन कार्यालयको भवन र एउटा रेष्टुरेष्ट पनि बगाएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं। ४ मा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको खेल मैदानको आधा भाग बाढीले बगाएको छ ।

    बाढीले दोर्दीखोलामा निर्माणधीन जलविद्युत आयोजनामा पनि क्षति पु¥याएको छ । दोर्दीमा निर्माणधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको इन्टेक डुबानमा परेको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको पावर हाउस उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । मस्र्याङदी नदीमा पानीको बहाव बढ्दा पाउदीमा रहेको शिवालय मन्दिर पनि बगाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology