पोखरा । बुधवार गण्डकीमा ४०८ जनामा कोरोना संक्रमण भाइरस पुष्टी भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको अध्यावधि जानकारी अनुसार १ हजार ३८४ जनामा गरिएको परिक्षणमा ४०८ जनामा भाइरस पुष्टि भएको हो ।
जसअन्तर्गत कास्कीका १०५ जना, तनहुँका ८७ जना, गोरखाका १६ जना, लमजुङका ५८ जना, नवलपुरका ६९ जना र स्याङ्गजाका आठ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, पर्वतका चार जना, बागलुङका ५६ जना र म्याग्दीका पाँच जना जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार ४३५ पुगेको छ ।
गण्डकीबाट ५२५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४५ हजार ३४६ पुगेको छ।
सोमबार गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ ।
आज मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना, नवलपुरका दुई जना, तनहुँका एक जना र मुस्ताङका दुई जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८६१ पुगेको निर्देशनालयले जनाएको छ ।