Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढी-पहिरोबाट कसरी जोगिने : जानी राखौं उपाय

बाढी-पहिरोबाट कसरी जोगिने : जानी राखौं उपाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • २२:११:५२ बजे
  • 7.5K
    SHARES
  • बाढी-पहिरोबाट कसरी जोगिने : जानी राखौं उपाय

    मौसम परिवर्तनका कारण यस वर्ष धेरै पानी पर्नेसक्ने सम्भावना रहेको मौसमविद्को अनुमान छ। हरेक वर्ष वर्षातको समयमा बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको छ। मौसमी प्रकोप रोकथाम तथा नियन्त्रणमा सरकारी योजना सफल नहुँदा वर्षैपिच्छे मानवीय र भौतिक क्षति हुने क्रम रोकिएको छैन।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहाडमा पहिरो तथा तराईमा बाढी र डुबानको प्रमुख समस्या छ। तराईमा बाढी र डुबान रोकथाम तथा नियन्त्रण र पहाडमा पहिरो, नदी तथा खोलाको तटीय क्षेत्रको बस्ती व्यवस्थापन र विस्थापनमा सरकारी पहलको आवश्यकता छ। बढ्दो जनसंख्या, सडक आदि पूर्वाधार विकासका कारण पनि बाढी तथा डुबानजन्य समस्या बढेका छन्।

    images

    कतिपय अवस्थामा पूर्वाधारहरू आफैँ डुबान समस्या ल्याउने जोखिम तत्वका रूपमा विकसित भएको पाइन्छ। राज्यले चासोका साथ बाढी र पहिरोसित जुध्ने क्षमता विकाशमा ध्यान दिएको पनि देखिँदैन। बाढी तथा पहिरो पूर्वानुमानका साथै राज्यका अरू निकाय समुदाय, सुरक्षा आदिका क्षमता विकाश र विस्तार अपरिहार्य छ। सूचना प्रणाली दिगो र भरपर्दो भएपछि अरू संयन्त्रको पनि तदनुरूप क्षमता बढाइनुपर्छ। राज्यका निकाय, समुदाय र गाउँलाई नै क्षमतायुक्त बनाउनुपर्छ।बाढी आउँदा समुदाय/गाउँका बासिन्दा सुरक्षित स्थानमा आउन सक्ने हुनुपर्छ। यसका लागि ठाउँ-ठाउँमा यस्ता सुरक्षित स्थान निर्माण गरिनुपर्छ, जसमा खाद्यान्न, सफा पानी र बसोबासको पर्याप्त सुविधा होस्। राज्यका सबै संरचना उत्तिकै सबल भइदिएको भए यो जनधनको क्षति निकै कम हुनसक्छ। प्राकृतिक प्रकोपलाई रोक्न नसकिए पनि त्यसबाट सिर्जित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ। त्यसतर्फ राज्यको ध्यान पुगेको देखिँदैन।लोकपाटी लेखेको छ ।

                             बाढी पहिरोको बेला के कुरामा ध्यान दिने त ?

    • बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुन्न।होचो भूभागमा आवतजावत गर्न हुन्न।
      गाउँ र बस्तीमा बाढी आयो भने उच्चो भूभागमा जानुपर्छ।
      समूहमा बस्नुपर्छ।
      उच्चो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्न सकिन्छ। छतमा पनि बस्न सक्ने अवस्था भएन भने बाहिरबाट गएका उद्धार टोलीलाई आफ्नो समस्या भन्नुपर्छ।
      बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने थाहा पाउन सकिन्छ।
      जल तथा मौसम पूर्वानुमान विभागले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ। सम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्छ।
      सञ्चार माध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनपर्छ।
      सूचना अनुसार सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ।
      झरी पर्न थालेपछि कुन खोलामा कहिले बाढी आउँछ भन्ने बाढी पूर्वानुमान शाखाले अनुमान गर्छ र त्यही अनुसार सतर्क रहन सम्बन्धित जिल्लाका नागरिकलाई अपिल गर्छ। तर पहिरो कति बेला आउँछ भन्ने पहिले नै थाहा हुँदैन। तर पहिरोबाट पनि जोगिने उपाय भने छन्।
      ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ।
      पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने सम्भावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ।
      आवतजावत कम गर्नुपर्छ।
      घर भत्किएर जनधनको क्षति हुने भएकाले घर बाहिर निस्किएर बस्नुपर्छ।
      ठूलो पानी परिरहे जाग्राम बस्नुपर्छ।

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology