Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ठूला नदीहरुमा शुक्रबारदेखि जोखिम घट्दै जाने

ठूला नदीहरुमा शुक्रबारदेखि जोखिम घट्दै जाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • ०९:१९:१५ बजे
  • 928
    SHARES
  • ठूला नदीहरुमा शुक्रबारदेखि जोखिम घट्दै जाने

    देशका अधिकांश स्थानमा बर्षा हुने क्रम नरोकिएकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    images

    विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म पुगेको छ । त्यस्तै गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम निम्तिन सक्ने छ । गण्डकी र लुम्बिनी प्रदेशका क्षेत्रमा पनि जोखिम उच्च रहेको छ ।

    नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने मध्यम जोखिमको सम्भावना छ । कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको अवस्था रहेको महाशाखाले जनाएको छ । प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा हुने छ ।

    केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आजको तुलनामा शुक्रबार कम जोखिम रहने भएकाले जोखिमको अवस्था विस्तारै कम हुँदै जाने महाशाखाको अनुमान छ ।

  • सम्बन्धित विषय:

  • # जोखिम घट्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology