Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बाढीपहिरोले मेलम्ची करिडोर ध्वस्त

बाढीपहिरोले मेलम्ची करिडोर ध्वस्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • ०९:२२:१९ बजे
  • 1.8K
    SHARES
  • बाढीपहिरोले मेलम्ची करिडोर ध्वस्त

    वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्। मेलम्ची खोलाको उद्गमस्थल हेलम्बु भएर मंगलबार दिउँसोदेखि आएको बाढीले तल्लो तटीय क्षेत्रमा धेरै क्षति पु¥याएको छ।

    images

    बाढीले बगाएका एक पुरुषको शब बुधबार इन्द्रावती नदीमा भेटिएको प्रहरीले जनाएको छ। ती पुरुषको पहिचान खुल्न सकेको छैन। बाढीमा २० जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको छ। यस्तै विभिन्न ठाउँबाट ७० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश नेपालका अनुसार बाढीमा बेपत्ता हुनेमा हेलम्बु गाउँपालिकाका माधव भण्डारी (३१), गणेश ज्योति (४२), टीकामाया खड्का (६२), ज्ञानेन्द्र कक्षपति (५५), श्यामा तामाङ (५०), उनकी पत्नी र चौतारा साँगाचोकगढी नगरपालिका–६ का सुरेन्द्र नेपाल (२३) छन्।

    खड्का किउलस्थित भण्डारी रिसोर्टकी कामदार र कक्षपति ट्राउट माछा व्यवसायी हुन्। बेपत्ता भएका अन्य आठजनामा मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कामदार रहेको जानकारी डिएसपी नेपालले दिए। बेपत्ता कामदारमा तीनजना चिनिया, तीनजना भारतीय र दुईजना नेपाली छन्।

    उनीहरूले मेलम्ची आयोजनाको मुहानस्थल हेलम्बुको अम्बाथानस्थित क्याम्पमा बसेर बाँध बनाउने काम गर्थे। ठेकेदार कम्पनीले हराएका कामदारको खोजी गरिदिन स्थानीय प्रशासनलाई पत्राचार गरेको छ। शुक्रबार साँझबाटै उनीहरू हराइरहेको प्रहरीले जनाएको छ। समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची करिडोर ध्वस्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology