Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आफ्नै छोरीलाई बलात्कारपछि ह'त्या गरेको आरोपमा बुवा पक्राउ

आफ्नै छोरीलाई बलात्कारपछि ह'त्या गरेको आरोपमा बुवा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • ०९:२७:४४ बजे
  • 772
    SHARES
  • आफ्नै छोरीलाई बलात्कारपछि ह'त्या गरेको आरोपमा बुवा पक्राउ

    कैलालीमा आफ्नै छोरीलाई बलात्कारपछि ह'त्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीलाई बला'त्कार गरेर हत्या गरेको आरोपमा लम्कीचुहा नगरपालिका–८ का ५१ वर्षीय पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    images

    प्रहरीका अनुसार जेठ २७ गते भैंसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । परिवारका सदस्यले दाह संस्कारको तयारी गर्दैगर्दा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो । सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको पोस्टमार्टम गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा घटनामा बुवाकै संलग्नता रहेको खुलासा भएको प्रहरीले जनाएको छ ।

    ‘जबरजस्ती गरेको पोल खुल्ने डरले बुवाले नै गोठमा झुण्ड्याएर हत्या गरेर आत्महत्या गरेजस्तो देखाउन खोजेको अनुसन्धानको क्रममा देखियो,’ प्रहरी नायब उपरीक्षक बिष्टले भने । बालिकाको बुवालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # बलात्कारपछि हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology