पोखरा । सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढीमा परी १९ जना सम्पर्कविहीन भएका छन् । बेपत्ताहरूमध्ये तीन चिनियाँ नागरिक, तीन भारतीय नागरिक र १४ जना नेपाली नागरिक रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार हालसम्म एक चिनियाँ सहित दुईजनाको शव फेला परेको भए पनि अन्य सम्पर्क विहिन रहेका छन् ।
सम्पर्कविहीन हुनेहरुमा हेलम्बु गाउँपालिका २ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीका माया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, हेलम्बु ६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ, हेलम्बु ३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी १ का १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेशम लाल सार्की, हेमराज घिमिरे छन् ।
यस्तै, त्रिपुरासुन्दरी १ कै , १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा, भारतीय नागरिक कमल लोचन महतो, विजय वासुमन्तरी, जिनडाओ वासुमन्तरी र चिनियाँ नागरिक सुन यु चुवान, युचि झु र गोङ टियान छियो रहेका छन् ।
बेपत्ता मध्यका गोङ टियान छियो भने मृत फेला परेका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनु भयो । चारजना सम्पर्कमा आएकाके भनिए पनि यसबारे औपचारिक पुष्टि नभएको र सम्पर्कविहीन भएकाहरुको खोजीकार्य जारी रहेको उहाँको भनाइ छ ।