Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मनाङमा सेनाको हेलिकप्टर मार्फत ३५ जनाको उद्धार

मनाङमा सेनाको हेलिकप्टर मार्फत ३५ जनाको उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३, २०७८ बिहिवार • १५:३९:०९ बजे
  • 676
    SHARES
  • मनाङमा सेनाको हेलिकप्टर मार्फत ३५ जनाको उद्धार

    पोखरा । नेपाली सेनाको हेलिकप्टरले मनाङको नासों गाउँपालिका १, सिरानतालमा फसेका २४ जनालाई उद्धार गरेको छ ।

    images

    यस गरी सानों गाउँपालिका ५,थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । यस्तै, नासों गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धारको प्रयास भइरहेको छ । मनाङको नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकमा ७५ जना फसिरहेका छन् ।

    पोल्देन छोपाङले ल्याएको हेलिकप्टरमार्फत् उनीहरु बस्ने ठाउँ पत्ता लगाइएको र उनीहरुको अवस्था बुझेर हेलिकप्टर फर्केको छ । फू गाउँको नामु लेक समुद्री सतहदेखि करीब ५ हजार मिटर उचाइमा हिमालमुनि उनीहरु रहेको र उद्धार गर्नुपर्ने अवस्था रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

    यस्तै, प्रभु हेलिकप्टरले मनाङबाट आफ्ना कर्मचारीलाई उद्धार गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology