Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बन्द भयो चर्चित सिरियल ‘जुठे’

बन्द भयो चर्चित सिरियल ‘जुठे’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • १६:२८:४० बजे
  • 1.6K
    SHARES
  • बन्द भयो चर्चित सिरियल ‘जुठे’

    टेलिसिरियल ‘जुठे’ बन्द भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियल बुधबारबाट बन्द भएको हो । निषेधाज्ञामा चल्दै आएको श्रृखंला अहिले आएर बन्द भएको हो । सिरियल बुधबारबाट बन्द भएको निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बताए ।

    images

    सिरियलमा उठाएको बिषयमा केही व्यक्तिले बिवाद पनि गरेका छन्’ श्रेष्ठले भने ‘बिवाद पनि र छायाँकन असम्भव भएको कारण अहिलेलाई ‘जुठे’ रोकेका छौ ।’ निषेधाज्ञा खुलेपनि बिवाद समाधान गरेर फेरि ‘जुठे’ सुरु गर्ने श्रेष्ठको भनाई रहेको छ । राजु पौडेल ‘मास्टर’ र श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहदै आएको छ ।

    योगेश काजीको संगीत रहेको श्रृखंला राहुल राई र घनश्याम पोखरेलले छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # सिरियल ‘जुठे’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology