Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध

पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३, २०७८ बिहिवार • १८:२४:२३ बजे
  • 895
    SHARES
  • पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध

    बागलुङ । ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।

    images

    लगातारको वर्षासँगै भुँदीखोला मुहान नजिक जिरेदीमा १३ वटा पाइप पहिराले बगाएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । सुल्डाँडास्थित ट्याङ्कीछेउ पनि पहिरा खस्दा पाँच पाइपमा क्षति पुगेको छ । बोक्सेलगायत अन्य कैँयन ठाउँमा खानेपानीका पाइपमा क्षति पुगेको जनाइएको छ । आयोजनामा ठूलो क्षति र अवरोध पुगेको छ, खानेपानीको सहज आपूर्ति हुन हप्ता दिन जति लाग्छ प्रबन्धक शर्माले भने । क्षति पुगेका ठाउँमा संस्थाका प्राविधिक र कर्मचारी मर्मतका लागि खटिइसकेको उनको भनाइ छ ।

    पहिरोका जोखिमका कारण बागलुङ नगरपालिका ३ मा निर्माणाधीन लिफ्टिङ आयोजना पनि प्रभावित बनेको छ । शनिबारदेखि जारी वर्षाका कारण जिल्लाभर बाढीपहिराका घटना बढेका छन् । पहिराको जोखिमले दर्जनौँ परिवार विस्थापनमा परेका छन् । कतै धनमाल त कतै पशु चौपाया पहिरामा पुरिएका छन् ।

    विस्थापित छिमेकीकहाँ आश्रय लिइरहेका छन् । ठूलादेखि ग्रामीण भेगसम्मका सडक मार्गलाई पहिराले क्षतविक्षत तुल्याएको छ । कालिगण्डकी करिडोरअन्तर्गत मालढुङ्गामा रहेको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । त्यसका कारण जिल्लाको दक्षिण भेगसँग सडक सम्पर्क टुटेको छ । खोलानाला बढेकाले पैदल आउजाउ गर्न पनि सहज छैन ।रासस

  • सम्बन्धित विषय:

  • # खानेपानी अवरुद्ध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology