Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

म्याग्दीको मंगला अर्मनमा पहिरोले घर र गोठ पुरिँदा दुई महिला घाईते

म्याग्दीको मंगला अर्मनमा पहिरोले घर र गोठ पुरिँदा दुई महिला घाईते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ३, २०७८ बिहिवार • २२:४१:५५ बजे
  • 958
    SHARES
  • म्याग्दीको मंगला अर्मनमा पहिरोले घर र गोठ पुरिँदा दुई महिला घाईते

    file pic म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकास्थित वडा नं ५ अर्मनमा अविरल वर्षाका कारण आएको पहिरोले घर र गोठ पुरिँदा दुई महिला घाईते भएका छन् ।

    images

    घाईते हुनेमा ६० वर्षीया हिमकली बुढाथोकी र उनकी बुहारी २० वर्षीया सुजिता बुढाथोकी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घाईते दुबैजनालाई उपचारको लागि नेपाली सेनाको हेलिकपटरद्धारा पोखरा पश्चिम क्षेत्रीय अस्पताल ल्याईएको छ । दुवैको अवस्था मध्यम रहेको बताईएको छ ।

    स्थानीय बेल बहादुर बुढाथोकीको ढुङगा माटोले बनेको दुई तले कच्ची घर तथा संगै जोडिएको गोठ देखि अन्दाजी १०१५ मिटर माथि बाट पहिरो खस्दा घर तथा गोठ पुरिएको हो । पहिरोकै कारण गोठमा रहेको ३ वटा भैसि, २ वटा गोरु र ५ वटा बाख्रा पहिरोले पुरिएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    उक्त स्थानमा प्रहरी टोलीले थप उद्धारको कार्य जारी राखेको खटी गई क्षतीको विवरण शंकलन भैरहेको उनले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology