Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जाजरकोटमा मंगलवारदेखि बेपत्ता रहेका सात जना भोक र चिसोले थलिएको अवस्थामा फेला

जाजरकोटमा मंगलवारदेखि बेपत्ता रहेका सात जना भोक र चिसोले थलिएको अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १०:१३:२८ बजे
  • 430
    SHARES
  • जाजरकोटमा मंगलवारदेखि बेपत्ता रहेका सात जना भोक र चिसोले थलिएको अवस्थामा फेला

    जाजरकोट । हवाहुरी र अत्याधिक बर्षाका कारण मंगलवार देखी सम्पर्क विहिन रहेका जाजरकोटमा सात जना फेला परेका छन्।

    images

    मंलबारदेखि हराइरहेका कुशे गाउँपालिका ८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय शुक्रवार फेला परेका हुन्। उनीहरु भोक र चिसोका कारण बिरामी परेको अवस्थामा भेटिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए।

    भैंसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा पुगेका उनीहरु हावाहुरी र पानीका कारण बेपत्ता भएकाव थिए। सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए।

    हावा हुरी र वर्षाका कारण जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ। बुधबार बिहानमात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो।

    घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology