Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्माण क्षेत्र र उद्योग पनि खुला गरिने

निर्माण क्षेत्र र उद्योग पनि खुला गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७८ शुक्रवार • १०:१९:२८ बजे
  • 1.3K
    SHARES
  • निर्माण क्षेत्र र उद्योग पनि खुला गरिने

    सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति विश्लेषण गरेर निर्माण क्षेत्र र उद्योग खुला गरेर जानेमा सरकार पुगेको छ ।

    images

    समितिको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

    बैठकले गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने समेत निर्णय गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # निर्माण क्षेत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology