Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ४४ जनाको मृत्यु, मृतकको संख्या ८,६४१ पुग्यो

थप ४४ जनाको मृत्यु, मृतकको संख्या ८,६४१ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७८ शुक्रवार • १७:२७:२६ बजे
  • 1.4K
    SHARES
  • थप ४४ जनाको मृत्यु, मृतकको संख्या ८,६४१ पुग्यो

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर र ५ हजार ४६८ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,९६३ र ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

    images

    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ०२० जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ। यसअघि हिजो २,५२८ जना संक्रमित थपिँदा ३२८ जना डिस्चार्ज भएका थिए भने ३९ जनाको मृत्यु भएको थियो।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology