Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धादिङमा पहिरोले पुरिएर स्काभेटर सहित दुई जना बेपत्ता

धादिङमा पहिरोले पुरिएर स्काभेटर सहित दुई जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७८ शनिवार • ०९:२५:५७ बजे
  • 1.5K
    SHARES
  • धादिङमा पहिरोले पुरिएर स्काभेटर सहित दुई जना बेपत्ता

    धादिङको रुबि भ्याली गाउँपालिका-२ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित दुई जना पुरिएका छन् । धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रबार साँझ ६ बजे अताखोलामा पहिरो आएको थियो ।

    images

    पुरिएर बेपत्ता हुनेमा डोजरका रुबि भ्याली घर भएका सहचालक जोजो तामाङ र डोजर चालक रहेको त्यहँका वडाध्यक्ष प्रशान्त तामाङले जानकारी दिए । घटना लगत्तै उद्धारका लागि प्रयास गरिए पनि वर्षाका कारण कठिन भइरहेको छ । गाउँमा मोबाइल सम्पर्क टुटेको कारण प्रहरीले आफ्नो आन्तरिक सञ्चार सेटबाट घटनाको जानकारी लिइरहेको र खोजतालसका लागि सेर्तुङमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

    गाउँपालिका प्रमुख चेरुङ तामाङ र उप प्रमुख बिना लामा काठमाडौंमा रहेकाले शनिबार बिहान हेलिकप्टरबाट घटनास्थल पुगेका छ्न् । सेर्तुङ पूर्व गृहमन्त्री एवम् राप्रपाका वरिस्ठ नेता बुद्धिमान तामाङको गाउँ हो ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology