Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७८ शनिवार • ०९:२७:०१ बजे
  • 1.1K
    SHARES
  • बाढीले ढाल्यो हेलम्बु प्रहरी चौकी

    हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले ढलाएको छ । भवनसँगै केही सामानहरू पनि बगाएको इप्रकामा कार्यरत हबल्दार इन्द्र अधिकारीले जानकारी दिए । ‘सुरुको दिनमा किचन र ट्वाइलेट ढलाएको थियो ।

    images

    शुक्रबार रातिको बाढीले भवन पनि ढले,’ अधिकारीले भने । केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ‘अहिले हामीले माथि एक जना स्थानीयको घरमा राखेका छौं,’ उनले भने ।

    त्यसैगरी शुक्राबारको बाढीले ग्याल्थुम बजारस्थित इस्ट प्वाइन्ट एकेडेमी नामक बोर्डिङ स्कुलको भवन पनि ढलाएको स्थानीय तथा एमाले बागमती प्रदेश कमिटी सदस्य हस्त पण्डितले जानकारी दिए । थप क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology