Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिकित्सकमा कोरोना

पोखरा मणिपालका चिकित्सकमा कोरोना संक्रमण

पोखरा मणिपालका चिकित्सकमा कोरोना संक्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७७ सोमवार • १४:२०:११ बजे
  • 8.9K
    SHARES
  • पोखरा मणिपालका  चिकित्सकमा कोरोना संक्रमण
    गण्डकी प्रदेशमा थप दुईजनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।  मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण देखिएको छ ।

    सोमबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्‍टि हुने दुवैजना कास्कीका रहेको स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

    संक्रमित पुरुष मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक भएको बताइएको छ । सामान्य ज्वरो आएका उनको आइतबार स्वाब लिइ परीक्षण गर्दा कोरोना भेटिएको अस्पताल स्रोतले बताएको छ । अस्पतालमा एमडी प्रथम वर्ष पढ्दै गरेका उनी मेडिकल वार्डमा कार्यरत रहेको जनाइएको छ ।

    उनी सोमबार विहानसम्म पनि मणिपालमा बिरामी जाँच्‍ने कार्यमा खटिइरहेका थिए । उनमा कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएकालाई निगरानीमा राख्ने लगायतका अन्य थप सतर्कता अपनाइएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १३७७ पुगेको छ ।

    images
     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology