धनगढी । डडेल्धुरामा एक युवती मृ'त अ'वस्थामा फेला परेकी छन् ।
परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको श'व शनिबार फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ केन्द्रमा कार्यरत धामीको श'व स्थानीय हट्वानी सामुदायिक वनमा फेला परेको जानकारी दिए ।
मृतक युवती असार २ गते स्वास्थ्य सामग्री पु¥याउन जोगबुडा अस्पताल जाने क्रममा बे'पत्ता भएकी थिइन् । उनको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।
धामीको ह'त्या गरेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी नायब उपरीक्षक नेपाल नेतृत्वको टोली घटनास्थलतर्फ हिंडेको छ ।