Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका प्रजिअहरुको बैठक बस्दै

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका प्रजिअहरुको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • ०९:२०:४६ बजे
  • 1.2K
    SHARES
  • उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका प्रजिअहरुको बैठक बस्दै

    कोराना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप्ने तयारी भएको छ । निषेधाज्ञालाई केही खुकुलो पारी थप एक साता थप्ने तयारी भएको बताइएको छ ।

    images

    यसबारेमा निर्णय गर्न आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोभिड–१९ निर्देशक समितिले अब स्मार्ट लकडाउन गर्ने निर्णय गरिसकेको छ । तर यसबारेमा सिसिएमसीले अझै निर्णय गरेको छैन । आज सिसिएमसीले यस बारेमा निर्णय गर्नेछ ।

    निर्णयपछि यस बारेमा प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्नेछन् । असार ८ गतेबाट फेन्सी, होटेल, होलसेल पसल खुलाउने तयारी गरेको बताइएको छ । सवारीसाधनमा जोर/बिजोर नियम लागू समेत हुनसक्ने सम्भावना छ । पछिल्ला केही दिनयता उपत्यकामा संक्रमितको संख्यामा कमी आएसँगै अबको लकडाउन पहिलेको तुलनामा निकै सहज हुने विश्वास गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology