पोखरा । पोखरा १० रामघाटबाट अवैध रुपमा नदिजनय समाग्रीहरु ओसार पोसार गर्ने सवारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेलुकाकाे समयमा रामघाटबाट अवैधरुपमा जेसिबी चलाएर बालुबा लाेड गरिरहेकाे अवस्थामा प्रहरीले जेसिबी-१, टिप्पर-३, र ट्याक्टर-१ गरी जम्मा ५ वटा सवारी साधनलाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएकाे हो ।
प्रकाउ गरिएका ती साधन पक्राउ गरी पाेखरा महानगरपालिकामा कानुन वमाेजिम कारवाहीका लागि पठाएकाे कास्की प्रहरीले जनाएकाे छ ।
मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्
केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिए । “यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद् कँडेलले रासससँग भने, “त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।” केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ ।
मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ ।
आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ । त्यसैले महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आइतबार र सोमबार पनि जारी रहनेछ ।