Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीका बाढी पहिराेमा परी विस्थापित घर परिवारलाई पुनःबासको व्यवस्था गर्न माग

कास्कीका बाढी पहिराेमा परी विस्थापित घर परिवारलाई पुनःबासको व्यवस्था गर्न माग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ६, २०७८ आइतवार • ११:२७:०४ बजे
  • 1.2K
    SHARES
  • कास्कीका बाढी पहिराेमा परी विस्थापित घर परिवारलाई पुनःबासको व्यवस्था गर्न माग

    पोखरा । कास्कीको मादी गाउँपालिकामा केही दिनअघिको बाढी पहिराेमा परी विस्थापित घर परिवारलाई पुनःबासको व्यवस्था गर्न माग गरिएको छ ।

    images

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई आज नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गाउँ कमिटीले ध्यानाकर्षणपत्र बुझाउँदै विस्थापितको पुनःबास, पीडितको संरक्षण, उद्धार, राहत वितरण तथा मादी नदी नियन्त्रण गर्न तटबन्धको माग गरेको माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष कृष्णराज दाहालले बताउनुभयो ।

    बाढीबाट मादीमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा नोक्सानी पुगेको, विद्युत पोल ढल्दा गाउँहरु बिजुलीबाट वञ्चित रहेको र सडक अवरुद्ध हुँदा सवारी सञ्चालन ठप्प रहेकाले अविलम्ब सडक खुलाउन सरकारको ध्यानाकर्षण गराइएको थियो ।

    सो अवसरमा मुख्यमन्त्री नेपालीले तत्काल गर्न सकिने काम तुरुन्त शुरु गर्ने र दीर्घकालीन महत्वका कार्यलाई योजनामा समेटिने बताउनुभयो ।

    नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण केसी र माओवादी केन्द्रका जिल्ला सचिव बखानसिँह गुरुङलगायत दुवै दलका जिल्लास्तरका नेताको उपस्थितिमा मुख्यमन्त्री नेपालीलाई ध्यानाकर्षण गराइएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology