Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा जुवा खालबाट गुरुङ सहित ९ जना प्रकाउ

पोखरामा जुवा खालबाट गुरुङ सहित ९ जना प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ६, २०७८ आइतवार • १३:४९:२४ बजे
  • 6.5K
    SHARES
  • पोखरामा  जुवा खालबाट गुरुङ सहित ९ जना प्रकाउ

    पोखरा । कास्की प्रहरीले पोखरामा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

    images

    पोखरा ५ पर्स्याङ स्थित धारापानी मार्गमा डेरा गरी बस्ने जित बहादुर गुरुङ सहित ९ जनालाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जुवा खालबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जुवा खालबाट नगद २३ हजार १६५ रुपैयाँ र एक बुक तासपनि वरामद गरिएको छ । पक्राउ परेका सवैलाई कानुनी कार्वाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

    पोखरा रामघाटबाट अवैध रुपमा नदिजनय समाग्रीहरु ओसार पोसार गर्ने सवारीहरु प्रहरी नियन्त्रणमा 

    पोखरा । पोखरा १० रामघाटबाट अवैध रुपमा नदिजनय समाग्रीहरु ओसार पोसार गर्ने सवारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बेलुकाकाे समयमा रामघाटबाट अवैधरुपमा जेसिबी चलाएर बालुबा लाेड गरिरहेकाे अवस्थामा प्रहरीले जेसिबी-१, टिप्पर-३, र ट्याक्टर-१ गरी जम्मा ५ वटा सवारी साधनलाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएकाे हो ।

    प्रकाउ गरिएका ती साधन पक्राउ गरी पाेखरा महानगरपालिकामा कानुन वमाेजिम कारवाहीका लागि पठाएकाे कास्की प्रहरीले जनाएकाे छ ।

    निषेधाज्ञाका बीच आफैले मोटरसाइकलमा चढाएर घरमा बेहुली भित्र्याए श्रेष्ठले

    सङ्खुवासभा । निषेधाज्ञाका बीच आफैले मोटरसाइकलमा चढाएर सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले घरमा बेहुलीलाई भित्र्याएका छन् ।

    धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

    कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology