Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भिरबाट लडेर घाइते भएकी १६ वर्षीया बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार

भिरबाट लडेर घाइते भएकी १६ वर्षीया बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ६, २०७८ आइतवार • १४:३४:४८ बजे
  • 901
    SHARES
  • भिरबाट लडेर घाइते भएकी १६ वर्षीया बालिकाको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार

    सुदूरपश्चिम। प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    images

    प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको बताइएको छ । गाउँ नजीकै रहेको रुपासैनी भिरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएका थिए । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology