Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जातका कारण कोठा भाडामा नदिने घरबेटीलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने

जातका कारण कोठा भाडामा नदिने घरबेटीलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • १६:२३:३६ बजे
  • 904
    SHARES
  • जातका कारण कोठा भाडामा नदिने  घरबेटीलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने

    जातका कारण कोठा भाडामा दिने कवुल गरेपछि पनि कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधानलाई ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले काठमाडौंको बबरमहलस्थितकी घरबेटी प्रधानलाई दलित भनेर संचारकर्मी रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार पक्राउ गरिएको हो ।

    images

    परीसरका एसपी रमेश बस्नेतले भने, ‘जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर पक्राउ गरिएको छ । अब ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिन्छ ।’ अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने उनले बताए । तर, ३ दिनको अनुसन्धानबाट मुद्धा किनारा नलागे म्याद थपिन पनि सक्ने उनको भनाइ छ ।

    यसअघि गत असार ३ गते घरबेटी प्रधानविरुद्ध दलित भएकै कारण कोठा नदिने भनिएपछि रुपाले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिईन् ।

    प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो। त्यस बमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको एसपी बस्नेत बताउछन्।

  • सम्बन्धित विषय:

  • # हिरासत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology