Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना कोरोना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • १६:४०:४३ बजे
  • 961
    SHARES
  • पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२  जना कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार गत २४ घण्टामा ६ हजार ६७८ जनाको पीसीआर र ४ हजार २४९ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,४२१ र १,०२१ जनामा संक्रमण पुष्टि भएको हो।

    images

    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ४५६ जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ। यसअघि हिजो २,४०१ जना संक्रमित थपिँदा ४६८६ जना डिस्चार्ज भएका थिए भने ३४ जनाको मृत्यु भएको थियो।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology