ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको । पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।
महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतका अनुसार तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको छ । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग रहेको प्रहरीको भनाई छ । खुस्बुले गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा आफुमाथि ज्वालाको समूहले आक्रमण गरेको बताएकी छन् ।
त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी हुन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको हो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।