पोखरा । पोखराको याम्दीमा माथीबाट आएको पहिरोमा परी एक जना घाइते भएका छन ।
पोखरा १ याम्दी जौवारी भन्ने स्थानमा धम्पुसबाट आउदै गरेको ग ३ च ३३६९ नम्बरको स्कारपियो गाडीमा अचानक सडकमाथिबाट आएको पहिरोले माछापुच्छ्रे गाउपालिका ७ धम्पुसका २६ वर्षीय चालक अमृत अधिकारी घाइते भएको कास्की प्रहरीले जनाएको छ ।
गाडीमा तीन जना सवार थिए । घाइते भएका अधिकारीको सामान्य उपचारपछी घर फर्किएका छन भने गाढीमा निकै क्षति पुगेको छ ।
पोखराको सेती नदीले बगाएको एक बालिकाको शकुसल उद्दार
पोखराको सेती नदीले बगाएको एक बालिकाको शकुसल उद्दार गरिएको छ ।
बाख्रा गोठालो गएकी पोखरा २५ याम्दीकी ८ बर्षिया अस्मिता मगर नुहाउने क्रममा सेती नदीले बगाएर डेढ किलो मिटर पुर्याएको अवस्थामा स्थानीयले देखेपछी तत्कालै उद्दार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता डिएसपी सुवास हमालका अनुसार ती बालिकालाई तत्काल उद्दार गरी पश्चिमाञ्चल अस्पताल पोखरामा उपचारका लागी पठाइएको र अहिले उनको अवस्था मध्यम र बोल्न सक्ने रहेको छ ।
पोखराबाट पर्वत जादै गरेको मोटरसाइकल टिपर सँग ठो'किद्दा दुई जनाको मृ'त्यु
पोखरा। पोखराबाट पर्वत तर्फ जादै गरेको मोटरसाइकल दु'र्घ'टना हुदाँ मोटर साइकलमा सवार दुवै जनाको मृ'त्यु भएको छ ।
आइतवार बेलुकी ५ बजेको समयमा पोखरा हुदैँ पर्वत जादै गरेको ग २० प ६०३० नम्बरकाे मोटरसाइकल र पर्वतबाट पोखरा आउदै गरेको प्र ३ – ०१ -००३ क ५१७३ नम्बरकाे टिपर एक आपसमा ठो'कि'द्दा मोटरसाइकल सवार पर्वत, मोदी- १ भुकताङ्गेका ३३ बर्षीय बिनाेद मल्ल र ४७ वर्षीय भिम बहादुर मल्लको ज्या'न ग'एको हो ।
दु'र्घटनामा प'री घा'इते भएका दुवै जनलाइ थप उ'पचारको लागी मणिपाल ल्याउदा बिनोदलाई तत्कालै चिकित्सकले मृ'त घो'षणा गरेका थिए भने भिम बहादुरको उ'पचारको क्र'ममा केही समय पछी मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रबक्ता सुवास हमाललए जनकारी दिए ।
कास्कीकाे अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा टिप्पर र माेटरसाइकल ठ'क्कर खा'एकाे थियाे ।
टिप्पर चालक सिन्धुपाल्चाेक ईन्द्रावती १० घर भएका सुरेश माझीलाई प्रहरीले नि'यन्त्रणमा लिएर आवश्यक अनुस'न्धान गरिरहेको प्रवक्ता हमालले बताए ।