Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कास्कीमा थप असार १५ गते सम्म निषेधाज्ञा,निजी सवारीमा जोर बिजोर, यी पसल १२ बजेसम्म खुल्ने

कास्कीमा थप असार १५ गते सम्म निषेधाज्ञा,निजी सवारीमा जोर बिजोर, यी पसल १२ बजेसम्म खुल्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ७, २०७८ सोमवार • ००:१३:१५ बजे
  • 2.4K
    SHARES
  • कास्कीमा थप असार १५ गते सम्म निषेधाज्ञा,निजी सवारीमा जोर बिजोर, यी पसल १२ बजेसम्म खुल्ने

    जिल्ला प्रशासन कास्कीले केही खुकुलो गरी थप एक साता निषेधाज्ञा जारी गरेको छ ।

    images

    जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठक बसी पछिल्ला दिनहरुमा संक्रमण दर, मृत्युदर आदीमा क्रमिक रुपमा कमी आएको तर संक्रमणदर र प्रकोप अपेक्षाकृत रुपमा झै नियन्त्रणमा न आएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई केही सहज बनाई असार १५ गते बेलुका सम्म थप गरिएको विज्ञप्तीमा जारी छ ।

    निषेधाज्ञा खुकुलो भएसँगै अब व्यापार व्यावासाय बिहान ५ बजेदेखि दिउँसो १२ बजे सम्म संचालन गर्न पाइने छ ।एम्बुलेन्स, बिरामी तथा कुरुवा बीक्ने सवारी साधन (बढिमा २ जना), दमकल, शववाहन, खाद्यसामाग्री तथा पशुपक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ङ्यूटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधनहरु, औषधि तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधनहरु, सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु बाहेकका कास्की जिल्ला भित्र सञ्चालन हुने यात्रुवाहक साना तथा ठूला सार्वजनिक (भाडाका) सवारी साधनहरू सञ्चालन गर्न पाइने छैन ।

    सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न पाइने छैन । निजी सवारी साधन (साना सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रे) को हकमा जोर गते जोर नम्बर र विजोर गते बिजीर जम्बरका सवारी साधनमात्र सञ्चालन गर्न पाइने छ ।

    मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गरी अन्य कार्य गर्न पाइने छैन । विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भई सञ्चालन हुने पठनपाठन लगायत सबै परीक्षाहरु संचालन गर्न पाइने छैन ।

    सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, पार्क, रंगशाला, फुट्सल, ख्रेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, व्युटी पार्लर, शैलुन, फुटपाथ पसलहरु लगायतका सैवा एवम्‌ स्थलहरु खोल्न र सञ्चालन गर्न पाइने छैन ।

    विवाह, ब्रतवन्ध एवम्‌ अन्य संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पाइने छिन निर्धारित विवाह कार्यक्रम आफ्नै घर परिसरमा सञ्चालन गर्दा तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गरी १० जना भन्दा बढि व्यक्ति सहभागी हुन नपाईने कीन । सवारी साधनको प्रयोग गर्नु पर्नेको हकमा केटा वा केटी पक्षले बढिमा दश (१०) जना मात्र हुने गरी दुईवटा सवारी साधन मात्र प्रयोग गर्न पाइने छ ।

    औषधी एवम्‌ स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने छ भने अन्य पेशा व्यवसाय पसलहरु विहान ५:०० बजे देखि दिउँसो १२:०० बजे सम्म मात्र सञ्चालन गर्न पाइने छ ।

    ताजा दुध बेलुका ५:०० बजे देखि बेलुका ७:०० बजे सम्म नजिकको चिस्यान केन्द्र एवम्‌ सकलन केन्द्रमा पुग्याउन एवम्‌ विक्रि वितरण गर्न पाइने छ ।

    ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले वेलुकी ७:०० बजे देखि विहान ५:०० बजे सम्म मात्र ढुवानी गर्न पाइने छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology