Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा कोरोना संक्रमण महामारीको रुपमा फैलाएको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखा

नेपालमा कोरोना संक्रमण महामारीको रुपमा फैलाएको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ७, २०७८ सोमवार • ००:३६:५३ बजे
  • 1.4K
    SHARES
  • नेपालमा कोरोना संक्रमण महामारीको रुपमा फैलाएको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखा

    पोखरा । नेपालमा कोरोना संक्रमण महामारीको रुपमा फैलाएको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखा परेको छ । जनस्वास्थ्यविद्हरुका अनुसार यो डेल्टा भेरियन्ट भन्दा अझ संक्रामक मानिने बताएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो ।

    images

    ‘देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिंगलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको उक्त प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएको थियो,’ उनले भने, ‘जसमध्ये ४७ जनामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट फेला परेको थियो ।’ डा पौडेलका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा के ४१७ एन म्युटेसन भेटिएको छ ।

    यसअघि बेलायती सञ्चार माध्यमले ‘नेपाल भेरियन्ट’ भनेर दाबी गरेको यही म्युटेसन हो । नेपालबाट गएका र कोरोना संक्रमण भएकाहरुमा के ४१७ एन म्युटेसन भेटिएकै आधारमा उनीहरुले यो दाबी गरेका थिए ।

    तर यसलाई नेपाल भेरियन्ट भन्न नमिल्ने धुलिखेल अस्पतालका डा राजीव श्रेष्ठ बताउँछन् । उनका अनुसार यसअघि जापानी नागरिकमा पनि यो म्युटेसन देखिएको भन्दै उनले भने, ‘कहाँबाट आएको भनेर हामीलाई थाहा छैन । तर नेपाल भेरियन्ट भन्न सकिन्न ।’

    हालसम्म प्राप्त जानकारी अनुसार यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ संक्रामक छ र संक्रमितमा अझ गम्भीर असर देखिएको छ । तर यो म्युटेसनबारे धेरै विषय अध्ययन गर्न नै बाँकी छ ।

    नेपालमा यस अघि डेल्टा, अल्फासहित काप्पा भेरियन्ट पनि भेटिएको थियो । तर काप्पा भेरियन्टले स्वास्थ्यमा गम्भीर असर नपार्ने भएकाले डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको नाम दिइसकेको छैन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology