Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला

मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ७, २०७८ सोमवार • ००:५०:५८ बजे
  • 922
    SHARES
  • मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला

    सिन्धुपाल्चोक । यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ ।

    images

    बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका-२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् ।

    मनाङका लागि राहत लिएर आएको सेनाको हेलिकप्टर मौसम खराबका कारण चामेमै रोकियो

    मनाङ । मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ ।

    विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो । मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो ।

    मौसम अनुकूल भएपछि हेलिकप्टर पोखरा प्रस्थान गर्नेछ । बाढीपीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ ।

    गएको मङ्गलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षत्विक्षत् भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology