Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप माग गर्दै सर्वोच्चमा रिट

१३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप माग गर्दै सर्वोच्चमा रिट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७८ सोमवार • १६:२६:४० बजे
  • 1.1K
    SHARES
  • १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप माग गर्दै सर्वोच्चमा रिट

    १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप माग गर्दै सर्वोच्चमा रिट परेको छ । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो । ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

    images

    उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

    ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको हक लगायतका मौलिक हक उल्लंघनको विषय लिएर सर्वोच्चमा रिट दिएको रिट निवेदनका लागि सहयोग गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology