Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि, सबै उमेरकालाई जोखिम

कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि, सबै उमेरकालाई जोखिम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७८ सोमवार • १६:४५:११ बजे
  • 1.6K
    SHARES
  • कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि, सबै उमेरकालाई जोखिम

    नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४८ वटा नमुनाहरू परीक्षण गर्दा ४७ वटा नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२० पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।

    images

    मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमुनाहरू विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा पठाइएको जनाएको छ। .

    उक्त नमुनाहरूको जिनोमिक पहिचानगर्दा ४७ वटा नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको मन्त्रालयले जनाएको छ। हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा वढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।.

    moh22.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology