Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समस्यामा परेका यात्रुसंग तीन गुणा भाडा असुली

समस्यामा परेका यात्रुसंग तीन गुणा भाडा असुली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • ०९:११:११ बजे
  • 850
    SHARES
  • समस्यामा परेका यात्रुसंग तीन गुणा भाडा असुली

    महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रु व्यवसायीको मनोमानी भाडाले थप मर्कामा परेका छन् ।

    images

    कैलालीको टीकापुर घर भई हाल काठमाडौंको लैनचौरमा बस्दै आएका सुरोज रावल कोरोनाका कारण बुवा बितेपछि घर जानैपर्ने बाध्यतामा थिए । घर जाने गाडी खोज्दै गोंगबु बसपार्क बाहिर पुग्दा कैलाली जान तयारी अवस्थामा रहेको एउटा माइक्रो बस देखे । त्यसमै जाने निर्णय गरेका उनीसँग गाडीका स्टाफले ५ हजार रुपैयाँ भाडा मागे । घर जानैपर्ने बाध्यतामा रहेकाले उनले भनेजति भाडा दिए । ‘टिकट पनि दिइएन, प्रहरीले भाडाको विषयमा सोधेमा १५ सय रुपैयाँ भाडा तिरेको भन्न सिकाइयो,’ उनले भने, ‘बाध्यता परेकाले मैले गाडीवालाले भने बमोजिम गरेँ, बसमा चढेका जति अरूले पनि त्यही गरेका रहेछन् ।

    सामान्य अवस्थामा काठमाडौंदेखि टीकापुरसम्मको भाडा १५ सय देखि २ हजार रुपैयाँ पर्छ । यस्तै समस्यामा परेर आइतवार सुर्खेतबाट काठमाडौं आइपुगेका नरेश शाहीले पनि आफूले अरू बेलाको भन्दा ३ हजार रुपैयाँ बढी भाडा तिरेको सुनाए । यसअघि सामान्य अवस्थामा सुर्खेतदेखि काठमाडौंसम्मको भाडा २ हजार रुपैयाँ छ । समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # भाडा असुली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology