Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गेस्ट हाउसमा लगेर जबर्जस्ती गरेको आरोपमा एक पक्राउ

गेस्ट हाउसमा लगेर जबर्जस्ती गरेको आरोपमा एक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • ०९:१८:०० बजे
  • 826
    SHARES
  • गेस्ट हाउसमा लगेर जबर्जस्ती गरेको आरोपमा एक पक्राउ

    १५ वर्षीया किशोरीलाई धुलिखेलबाट काठमाडौं ल्याएर जबर्जस्ती करणी गरेको आरोपमा एक युवा प"क्राउ परेका छन्। किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा काभ्रेको धुलिखेल नगरपालिका ८ घर भएका २३ वर्षीया जयराम चौलागाईं पक्राउ परेका हुन्। गएको शनिबार उनले किशोरीलाई काठमाडौं घुम्न जाउँ भन्दै ललाइफकाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा पुर्याएर जबर्जस्ती करणी गरेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दीपक गिरीले जानकारी दिए।

    images

    गएको शनिबार घरबाटै किशोरी हराएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा खोजीका लागि निवेदन दिएकी थिइन्। सोही निवेदनका आधारमा महानगरीय प्रहरी बृत्त जनसेवा, काठमाडौंको टोलीले किशोरीको खोजी सुरु गरेको थियो।

    खोजी गर्ने क्रममा आइतबार काठमाडौंको सुन्धारामा किशोरी र युवक फेला परेका प्रहरीले जनाएको छ। उनले आफूलाई चौलागाईंले गेस्ट हाउसमा राखेर जबर्जस्ती करणी गरेको बयान दिएकी छन्। चौलागाईंलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # जबर्जस्ती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology