Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • १०:३१:५७ बजे
  • 1.2K
    SHARES
  • ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

    images

    आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए ।

    उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

  • सम्बन्धित विषय:

  • # ट्र्याक्टर दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology