Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वन लसुन टिप्न गएका उत्तरी गोरखाको सिर्दीबासका गुरुङ भीरबाट लडेर बेपत्ता

वन लसुन टिप्न गएका उत्तरी गोरखाको सिर्दीबासका गुरुङ भीरबाट लडेर बेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ८, २०७८ मंगलवार • ११:२३:५८ बजे
  • 1.4K
    SHARES
  • वन लसुन टिप्न गएका उत्तरी गोरखाको सिर्दीबासका गुरुङ भीरबाट लडेर बेपत्ता

    गोरखा । वन लसुन टिप्न गएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबासका एक व्यक्ति बेपत्ता भएका छन् । वन लसुन टिप्न गएका २४ वर्षीय सुरेन्द्र गुरुङ भीरबाट लडेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    images

    गत जेठ २६ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालमा वन लसुन टिप्न गएका गुरुङ हिजोदेखि बेपत्ता भएको प्रहरीको भनाइ छ । दिउँसो करीब ३ बजेतिर वन लसुन टिप्दै गर्दा गुरुङ एक्कासी भीरबाट खसेको जानकारी आएपछि प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

    उनीसँगै बेपत्ता भएका अन्य चार जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । सल्लेरीका बाढी पीडितलाई राहत पु¥याउन गएको सिम्रिक एयरको हेलिकप्टरमार्फत चारै जनाको आज उद्धार गरिएको प्रनाउ दाहालले बताए।

    उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ । उद्धार गरिएकामा धार्चे गाउँपालिका–४ लाप्राकका ३० वर्षका सुवास गुरुङ, चुमनुब्री गाउँपालिका–३ सिर्दीबासका ५० वर्षका धनप्रसाद गुरुङ, ४२ वर्षका तुलबहादुर गुरुङ र १८ वर्षका कान्छा गुरुङ रहेका छन् ।

    मौसममा सुधार आउना साथ प्रहरीले बेपत्ता गुरुङको खोजी तीव्र पार्ने जनाएको छ । रासस

  • सम्बन्धित विषय:

  • # बेपत्ता
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology