Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ प्रमाण दिँदै हिँड्नू :रूपा सुनार

तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ प्रमाण दिँदै हिँड्नू :रूपा सुनार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७८ मंगलवार • १२:३७:३९ बजे
  • 2.9K
    SHARES
  • तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ प्रमाण दिँदै हिँड्नू  :रूपा सुनार

    तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका छन्। बबरमहलमा कोठा खोज्न पुग्दा आफू 'कामी हुँ' भनेपछि प्रधान थरकी घरबेटीले कोठा नदिएको रूपाको भनाइ छ।

    images

    उक्त घटनाबारे रूपाले गत मंगलबार आफ्नो फेसबुकमा भिडिओ पोस्ट गरिन्। भिडिओ बाहिर आएपछि त्यसले सर्वत्र चर्चा पायो। त्यसपछि गत बिहीबार रूपाले आफूमाथि विभेद भएको भन्दै सुनारले बबरमहलकी घरबेटीविरूद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिइन्। जाहेरी दिएपछि प्रहरीले आइतबार घरबेटीलाई पक्राउ गरेको छ। अहिले घरबेटी प्रहरी हिरासतमा छिन्।

    जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्ने अनुमति लिएर उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। जातीय विभेदविरूद्ध पहिलोपटक सार्वजनिक रूपमा बोलेको भए पनि आफूले सानो उमेरदेखि नै जातका कारण विभेद खेप्नुपरेको रूपा बताउँछिन्। उनले विद्यालय स्तरदेखि अहिलेसम्म कुनै न कुनै तरिकाबाट जातीय विभेद भोग्दै आएको सुनाइन्।

    उनले जातीय विभेदको पीडा भोग्नेलाई मात्र थाहा हुने भन्दै यसलाई सानो रूपले लिनु नहुने बताउँछिन्। 'यो कुरा बाहिर नल्याएको भए म डिप्रेसनमा जान्थें नै होला। मलाई एकदमै गाह्रो भएर उकुसमुकुस भएपछि त्यो भिडिओ बनाएको हो,' उनले भनिन्, 'यस्तो कुरालाई सानो रूपमा लिनु हुँदैन। आफ्नो अस्तित्व जहाँ स्वीकार हुँदैन, त्यहाँ लड्न सक्नुपर्छ।source: setopati 

  • सम्बन्धित विषय:

  • # रूपा सुनार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology