Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरोना भाइरस संक्रमणबाट बागलुङमा दुई जनाले ज्यान गुमाए

कोरोना भाइरस संक्रमणबाट बागलुङमा दुई जनाले ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ८, २०७८ मंगलवार • १५:१७:०१ बजे
  • 421
    SHARES
  • कोरोना भाइरस संक्रमणबाट बागलुङमा दुई जनाले ज्यान गुमाए

    बागलुङ।  कोरोना भाइरस संक्रमणबाट बागलुङमा दुई जनाले ज्यान गुमाएका छन। सोमबार राति जिल्लाको बाग्लुङ नगरपालिका– ३ का ८२ वर्षीय पुरुष र मंगलबार बिहान बडिगाड गाउँपालिका– २ का ६८ वर्षीय पुरुषको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा ज्यान गुमाएका हुन।

    images

    बाग्लुङ नगरपालिकाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो । उनको साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

    कोरोनाको लक्षण देखिएपछि सोमबार नै पिसिआर परीक्षणका स्वाब दिइएको र मंगलबार बिहान कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

    बडिगाडका पुरुष जेठ १९ गते संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा भर्ना भएका थिए । उनमा श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । नरायण रिजाले नया पत्रिकामा लेखेका छन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology