Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा ४५२२ जनामा कोरोना पुष्टि : ४९५४ जना संक्रमणमुक्त,४१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४५२२ जनामा कोरोना पुष्टि : ४९५४ जना संक्रमणमुक्त,४१ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ८, २०७८ मंगलवार • १७:३९:४१ बजे
  • 679
    SHARES
  • पछिल्लो २४ घण्टामा ४५२२ जनामा कोरोना पुष्टि : ४९५४ जना संक्रमणमुक्त,४१ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देश भर १६ हजार ९१३ जनामा परीक्षण गर्दा थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

    यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कोभिड १९ बाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology