Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मनाङको नासो नाचैमा खाद्य सङ्कट,पैसा हुँदासमेत नागरिकले खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना

मनाङको नासो नाचैमा खाद्य सङ्कट,पैसा हुँदासमेत नागरिकले खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ९, २०७८ बुधवार • ०८:०८:२० बजे
  • 826
    SHARES
  • मनाङको नासो नाचैमा खाद्य सङ्कट,पैसा हुँदासमेत नागरिकले खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना

    मनाङ । मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ । असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्कट आएको हो ।

    images

    नाचैमा खाद्य सङ्कटका कारण १ सय ८२ नागरिकलाई छाक टार्ने समस्या भएको छ । गत मङ्गलबार परेको वर्षासँगै मर्स्याङ्दी आएको बाढीपहिरोले नासो गाउँपालिकाको वडा नम्बर २ नाचै बाहेक आठै वडा पूर्णरुपमा क्षति पुर्याएको छ ।

    बाढीपहिरो पीडितका लागि त विभिन्न निकायबाट खाद्यान्नको व्यवस्था भइरहेको छ । तर, सुरक्षित रहेका नाचैका नागरिक बाढीपहिरो होइन खाद्यान्न पीडित हुन पुगेको वडा नम्बर– २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए । वडाध्यक्ष गुरुङले भने, “छिमेकी वडाहरु बाढीपहिरोले क्षतिग्रस्त छन्, एक स्थानबाट अर्को स्थानमा जान सम्भव नै छैन, नाचैका नागरिक नाचैमा मात्र सीमित छ, दैनिक उपभोग्य वस्तुसामग्री ढुवानी गर्न पाएको छैन, भएको खाद्यान्न सकिँदै गयो, नाचै खाद्य संकटमा पर्यो ।”

    खाद्यान्न ढुवानीका लागि वर्षाले बाटोघाटो प्रभावित हुँदा नाचै क्षेत्रका बासिन्दा अहिले खाद्य सङ्कटको चपेटामा परेका हुन् । हातमा पैसा हुँदासमेत यहाँका नागरिकले खाद्यान्न किन्न नपाउने अवस्था सिर्जना भएको छ ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology