Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मृत भेटीएकी सन्तोषी सुब्बा, जसले पशुपन्छीको थरीथरी आवाज निकाल्थिन्

मृत भेटीएकी सन्तोषी सुब्बा, जसले पशुपन्छीको थरीथरी आवाज निकाल्थिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • १३:३०:३५ बजे
  • 1.2K
    SHARES
  • मृत भेटीएकी सन्तोषी सुब्बा, जसले पशुपन्छीको थरीथरी आवाज निकाल्थिन्

    काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपन्छीकाे आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । उनको घर काभ्रे भएको प्रहरीले सूचना प्राप्त गरेको एक अधिकारीले जानकारी दिए । उनी कालोपुलमा एक धर्म बुबासँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको शव मंगलबार भेटिएको थियो ।

    images

    अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको थियो । अर्धनग्न अवस्थामा फेला परेको शवको मुख चिन्न नसकिने गरी किचिएको थियो भने घाँटी कसिएको पाइएको थियो । घटनास्थलमा रुखको हाँगामा महिलाको मास्क, चप्पल भेटिएको थियो । प्रहरीले उनको हत्या भएको निष्कर्ष लागेको थियो । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ । एक प्रहरी अधिकारीले भने, ‘केही शंकास्पद कुराहरु छन् ।

    अनुसन्धान अभियुक्ततर्फ सोझिएको छ । छिट्टै केही आउँला ।’ ‘टाउकोमा गह्रौ वस्तुले हिर्काएको देखिएको छ,’ उनले भने, ‘अनुहार क्षत विक्षत भएको छ ।’ उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटना लगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।

    प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।

  • सम्बन्धित विषय:

  • # थरीथरी आवाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology