Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खेत जोतेर फर्कदै गर्दा लडेर मृ"त्यु

खेत जोतेर फर्कदै गर्दा लडेर मृ"त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • १३:३३:२१ बजे
  • 1.5K
    SHARES
  • खेत जोतेर फर्कदै गर्दा लडेर मृ"त्यु

    खेत जोतेर फर्कदै गर्दा लडेर गोरखामा एक जनाको मृ"त्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृ'त्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए । श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किदै थिए ।

    images

    शारीरिक अपाङ्गता भएका बुवासँगै खेत जोतेर घर फर्कदै गर्दा लडेर मृ'त्यु भएका श्रेष्ठको अनुहारमा चोट देखिएको वडाध्यक्ष अम्गाईले जानकारी दिए । मङ्गलबार साँझ उक्त घटना भएको उनले बताए । खेत जोत्दाजोत्दै चर्को घाम भएपछि गोरु फुकाएर बुवाले चराउन लगेपछि उन घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्किएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडाध्यक्ष अम्गाईले जानकारी दिए ।

    घटनाको खबर प्राप्त भएलगत्तै बुङ्कोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सन्तोष अधिकारीको टोली घटनास्थल पुगेको थियो । मृतकको शव गोरखा अस्पतालमा ल्याएर परीक्षणपछि आज परिवारलाई बुझाउने तयारी भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # लडेर मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology