Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विपन्न दलित बस्तीमा सोलार बत्ती

विपन्न दलित बस्तीमा सोलार बत्ती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • १३:३५:१० बजे
  • 814
    SHARES
  • विपन्न दलित बस्तीमा सोलार बत्ती

    सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकाले बिजुलीबत्ती नपुगेको विपन्न दलित बस्तीमा सोलार बत्ती र जीविकोपार्जनका लागि हाँस वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले १४ दलित परिवारलाई एक थान सोलार प्यानल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर, स्विचलगायत सामग्री हस्तान्तरण गरे ।

    images

    यस्तै वडा नं २ पटना सोठियाइनका २५ र वडा नं ३ पोर्ताहाका २५ दलित परिवारलाई जीविकोपार्जनका लागि गाउँपालिकाले हाँस पालन गर्न खोर र हाँसको दानासमेत वितरण गरेको छ ।

    आर्थिक रुपमा विपन्न मुसहर समुदायको आर्थिक अवस्था उकास्नका लागि विभिन्न सीपमूलक तालीमसँगै आयआर्जन गर्न हाँस, कुखुरालगायत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष यादवले बताए ।

  • सम्बन्धित विषय:

  • # सोलार बत्ती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology