Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • १५:५९:१५ बजे
  • 1.8K
    SHARES
  • रोल्पामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

    रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ ह्वामा लिउनमा गएराति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। घटनामा परि ३ जना घाइते भएको प्रहरीले जनाएको छ।

    images

    घरमा सुतिरहेको अवस्थामा आएको पहिरोमा पुरिएर मृत्यु हुनेमा रोल्पा नगरपालिका-९ लिउनका ८६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढा रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए। पहिरोमा परि ४५ वर्षीया सुनमाया बुढा, ४० वर्षीया टिकासिंह बुढा र ९ वर्षीय शक्तिमान बुढा घाइते भएका छन्।

    घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य रहेको डीएसपी सुवेदीले बताए।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology