Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१७ गतेदेखि अन्तरिक उडान हुने

१७ गतेदेखि अन्तरिक उडान हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • १८:१६:१४ बजे
  • 715
    SHARES
  • १७ गतेदेखि अन्तरिक उडान हुने

    मन्त्रिपरिषद्ले अन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारदेखि सुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो ।

    images

    मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थात् १७ असारदेखि आन्तरिकतर्फका नियमित उडान हुनेछन् । प्राधिकरणले उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक हवाई सेवा प्रदायकहरुलाई उडान अनुमति दिनेछ । निषेधाज्ञा अगाडि जति संख्यामा आन्तरिक उडान हुन्थ्यो त्यसको ५० प्रतिशत मात्रै उडान हुने भएको हो ।

    विमान कम्पनीहरुले शतप्रतिशत यात्रु उडान गर्न पाउने छ । यस्तै, मन्त्रालयले अन्तर्राष्ट्रियतर्फको उडान तालिका सार्वजनिक गर्न पनि प्राधिकरणलाई भनेको छ । सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्री सुरु गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # अन्तरिक उडान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology