Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रोल्पामा पहिरोले एकै परिवारका ३ जनाले ज्यान गुमाए

रोल्पामा पहिरोले एकै परिवारका ३ जनाले ज्यान गुमाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७८ बुधवार • २१:५८:०५ बजे
  • 679
    SHARES
  • रोल्पामा पहिरोले एकै परिवारका ३ जनाले ज्यान गुमाए

    रोल्पा , रोल्पामा गएराती गएको पहिरोले एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन ।

    images

    रोल्पामा गएराती गएको पहिरोले एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन । गएरातिको पहिरोले रोल्पा नगरपालिका ९ होमा गाउँका टिका सिंह बुढा मगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी  सुशीला बुढा मगर र  १५ बर्षीया  छोरी  श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति  १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले ३ जनाको ज्यान गएको हो । ६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने  बाँच्न सफल भएको प्रहरी प्रवक्ताले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology