Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मनाङमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने

मनाङमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ९, २०७८ बुधवार • २२:१७:२५ बजे
  • 907
    SHARES
  • मनाङमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने

    पोखरा । मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ ।

    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थानीयवासीको जीवन कष्टकर भएकाले चाँडो खुलाउन पहल गर्ने विषयमा छलफल भएको थियो ।

    झण्डै १० दिनदेखि अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायसँगको छलफलपछि मातहतका निकायलाई निर्देशन दिंदै भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल खुलाउन लाग्नुपर्ने बताउनुभयो । आज भएको छलफलमा सो सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न नेपाली सेना र सडक विभागको प्राविधिक टोली शुक्रबार पठाउने निर्णय भएको छ ।

    बाढीपहिरोका कारण बेंसीशहर–चामे सडक अरुद्ध हुँदा मनाङ जिल्ला सडक सञ्जालबाट बिच्छेद भएको छ । जेठ ३१ जेठ रातिदेखि आएको अबिरल वर्षाका कारण बाढीपहिराले सडक भत्काउँदा यातायात अवरुद्ध भएको थियो । अहिले सडक विभागले बेंसीशहरदेखि १८ किलोमिटरसम्म सडक खुलाएको छ भने बाँकी खण्डको अवरोध हटाउने प्रयास भइरहेको छ । बाढीपहिराका कारण चामेका ५६ घरमा पूर्ण क्षति पुगेको र २०० भन्दा बढी घर जोखिममा रहेका छन् ।

    छलफलमा विघटित प्रतिनिधिसभाका सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, नेपाली सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा सहभागी रहनु भएको थियो । रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology