Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पेट्रोलियम पदार्थको मुल्य बृद्धि, अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ

पेट्रोलियम पदार्थको मुल्य बृद्धि, अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ९, २०७८ बुधवार • २२:४१:१० बजे
  • 3.1K
    SHARES
  • पेट्रोलियम पदार्थको मुल्य बृद्धि, अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ

    नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको दरले मुल्य बृद्धि गरेको हो ।

    images

    यसैगरी हवाई इन्धनमा अन्तरिकमा प्रति किलो लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरिकी डलर २० ले बृद्धि गरेको छ । अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ पुगेको छ भने डिजेल १ सय १० रुपैयाँ पुगेको छ । निगमले अन्तराष्र्टिय बजारमा कच्चा तेलको मुल्य बृद्धि भइरहेको हुँदा स्वचालित मुल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मुल्य बृद्धि गरेको जनाएको छ ।

    निगमका अनुसार हवाई इन्धन आन्तरिक उडानमा प्रति किलो लिटर २ रुपैयाँ बृद्धि गरी ८२ रुपैयाँ पु¥याएको छ । यसैगरी अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरीक डलर २० ले बृद्धि गरि नयाँ विक्री मुल्य अमेरीकी डलर ७ सय ३५ प्रति किलो लिटर कायम गरेको निगमका प्रवक्ता विनित मणि उपाध्यले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology